अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमला, ३ को मृत्यु, एक नेपालीको अवस्था अज्ञात
)
काठमाडौं— दक्षिणी यमनमा हुथी विद्रोहीले एक अमेरिकी कार्गो जहाजमा आक्रमण गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।
जहाजका सुरक्षागार्ड मध्ये एक नेपालीको अवस्था अज्ञात छ।
बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेका हुन्। मृतकको पहिचान खुल्न बाँकी छ। घटनामा ४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको अमेरिकाको केन्द्रीय कमान्डले जनाएको छ।
हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला भएको उल्लेख छ। जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० ०९:२७













