News Griha :: न्यूजगृह
भिजिट भिसा प्रकरण: सुटुक्क अदालत पुगेका अध्यागमनका ६ अधिकृत धरौटीमा छुटे 
भिजिट भिसा प्रकरण: सुटुक्क अदालत पुगेका अध्यागमनका ६ अधिकृत धरौटीमा छुटे  फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग पनि अदालतले धरौटी माग गरिएको थियो। यो मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अध्यागमन अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ
युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार वडाध्यक्षसँगै स्थानीय शुकदेव राना, भङ्गी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पनि पक्राउ परेका छन्।
शाहबाज बने पाकिस्तानको २४ औं प्रधानमन्त्री
शाहबाज बने पाकिस्तानको २४ औं प्रधानमन्त्री शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए। आइतबार संसद्को सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए। जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिन्दाबाद’...
काठमाडौं महानगरले आफ्नै कार्यालयको क्यान्टिनलाई तिरायो ५० हजार जरिवाना
काठमाडौं महानगरले आफ्नै कार्यालयको क्यान्टिनलाई तिरायो ५० हजार जरिवाना काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। क्यान्टिनमा पाक्ने खाना तथा खाजाको विषयमा गुनासो आएपछि महानगरले अनुगमन गरेको थियो। अनुगमन गर्दा पकौडा बासी पाइएको तथा खाना पनि बासी खुवाउने गरेको पाइएको थियो। बासी खानेकुरा बिक्री गर्ने गरेको पाइएपछि कारबाही स्वरुप...
महाशिवरात्रिको तयारी तीव्र, २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान
महाशिवरात्रिको तयारी तीव्र, २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए। यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २५ गते शुक्रबार परेको छ। उनका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा...
ड्युटीमा खटिएका ट्राफिक प्रहरीका सईलाई बसले ठक्कर दियो, आईसीयूमा उपचार हुँदै
ड्युटीमा खटिएका ट्राफिक प्रहरीका सईलाई बसले ठक्कर दियो, आईसीयूमा उपचार हुँदै काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। आइतबार बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। 
शिक्षण अस्पताल परिसरबाट युवराज सफल र पुण्य गौतम पक्राउ
शिक्षण अस्पताल परिसरबाट युवराज सफल र पुण्य गौतम पक्राउ आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।चितवनकी शालीन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए। आफूहरू सहित शालीनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण...
नापी सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नापी सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलङ्कीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र...
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ घर भई हाल काठमाडौंको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक...
सामाजिक सञ्जालमार्फत नाबालिगलाई हैरानी दिने युवक पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिगलाई हैरानी दिने युवक पक्राउ प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौंको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री छन्। उनका अनुसार खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरू डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए। त्यसपछि उनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन लेखेको पाइएको उनले बताए।
Weather Update