नापी सर्वेक्षक चौलागाईं र लेखापढी व्यवसायी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जग्गा हालसाबिकको काम गरेबापत घुस 
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलङ्कीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।
जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो।
उक्त रकममध्ये सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईंले जग्गा हालसाबिकको काम गरेबापत ५० हजार रुपैयाँ घुस लिएको देखिएकाले चौलागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १६:२९













