News Griha :: न्यूजगृह
ड्युटीमा खटिएका ट्राफिक प्रहरीका सईलाई बसले ठक्कर दियो, आईसीयूमा उपचार हुँदै
फाइल तस्बिर।

काठमाडौं– काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। 

आइतबार बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। 

गम्भीर घाइते भएका खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठले खत्रीको आईसीयूमा उपचार भइरहेको बताए।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:१०
Weather Update