News Griha :: न्यूजगृह
आजको प्रतिनिधि सभा स्थगित हुन सक्ने

काठमाडौं– आजलाई बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित हुने सम्भावना बढेको छ। 

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा सूचना टाँस गरेर बैठक स्थगित हुने सम्भावना बढेको हो। संसद सचिवालयले भने अहिलेसम्म कुनै सूचना नआएको जनाएको छ।

प्रधानमन्त्री नयाँ सत्तागठबन्धन घोषणा गर्ने तयारीमा रहेको, प्रतिपक्षी एमाले पनि नयाँ गठबन्धनमा सहभागी हुने तयारीमा जुटेका कारण आजको बैठक स्थगित गर्न लागिएको स्रोतले जनाएको छ। 

सरकारमा सहभागी तीन मन्त्रीको राजीनामा, बालकुमारी घटनाका दोषीलाई कारबाही, मिटरब्याज पीडित, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दिन माग गर्दै पटक पटक संसदमा एमाले खबरदारी गरेको थियो। लगातारको खबरदारीपछि सभामुखले पटक पटक सरकारको तर्फबाट सदनमा जवाफ दिन निर्देश गरेपछि आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने समय निर्धारण भएको थियो। 

यसअघिकै बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि प्रधानमन्त्री काठमाडौं बाहिर भएकाले आजको बैठकमा जवाफ दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो। 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:५६
Weather Update