गोठमा आगलागी हुँदा जलेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया– ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। गोठ र परालको टौवामा बिहीबार राति ८ बजे आगलागी भएको थियो।
आगलागीपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिरामको शव जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० ०९:१५













