News Griha :: न्यूजगृह
कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

काठमाडौं– कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी छन् ।

चौधरीले ती बालिकालाई ललाइ फकाई स्थानीय कैलाशेश्वर सामुदायिक वन भित्र लगेर जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुरले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:५३
Weather Update