News Griha :: न्यूजगृह
४५ किलो चरेस ओसार्ने ३ जना पक्राउ
फाइल तस्बिर।

काठमाडौं– मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेबाट चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। 

थाहा नगरपालिका– ८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङ्तान, कैलाश गाउँपालिका– १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका– १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।  

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:३६
Weather Update