आज उच्च पहाडी क्षेत्रमा हिमपात, बाँकी ठाउँको मौसम सफा रहने

काठमाडौं– आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन्।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै, बेलुका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० ०६:५२













