News Griha :: न्यूजगृह
सर्वोच्चको आदेश- दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतबारे छानबिन गर्नु  
सर्वोच्चको आदेश- दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतबारे छानबिन गर्नु   दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतको अनुमति कानुनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो। चैत ५ गते दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडीगार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट...
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश तियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका २ बडीगार्डलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईँका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।
५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ
५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन्। उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रास्लेट बरामद भएको छ।
बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गर्ने ३ जना पक्राउ
बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गर्ने ३ जना पक्राउ बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ३ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा काठमाडौंको शङ्करापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया...
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ ब्रिजको एक भाग भत्किएको छ। अमेरिकी समयानुसार बिहान १:३० बजे उक्त घटना भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। पछि जहाज पानीमा डुबेको थियो। 
चक्रपथमा राखिएका बोर्डहरु चोरी भएको भन्दै काठमाडौं महानगरले लेख्यो प्रहरीलाई पत्र
चक्रपथमा राखिएका बोर्डहरु चोरी भएको भन्दै काठमाडौं महानगरले लेख्यो प्रहरीलाई पत्र विस्तारको काम सुरु गरिए पनि चीनको बेवास्ताका कारण अलपत्र परेको काठमाडौंको चक्रपथमा राखिएका बोर्डहरु चोरिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ। काठमाडौं महानगरपालिकाको प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै बोर्डहरु चोरीको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गरेका छन्। 
सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो
सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो सुनकोशी नदीमा बेपत्तामध्ये १ बालकको शव भेटिएको छ।उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए।
दुर्गा प्रसाईंको पक्षमा फैसला आएपछि डा. केसी सशंकित
दुर्गा प्रसाईंको पक्षमा फैसला आएपछि डा. केसी सशंकित चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले दुर्गा प्रसाईंले सञ्चालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन्। 
दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग 
दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग  दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्। राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै मंगलबार उनीहरूले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन्।कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारकोविरुद्ध...
अध्यागमन देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस्: गृहमन्त्री
अध्यागमन देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस्: गृहमन्त्री उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरूलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन्। काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूति सहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरूलाई निर्देशन दिए। ‘विदेशीका लागि अध्यागमन देशको मुहार...
माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो
माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजना  शनिबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
बङ्गलादेशका पाँच नागरिक काठमाडौंमा पक्राउ
बङ्गलादेशका पाँच नागरिक काठमाडौंमा पक्राउ पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।
Weather Update