सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो

काठमाडौं— सुनकोशी नदीमा बेपत्तामध्ये १ बालकको शव भेटिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए।
बेपत्तामध्ये मंगलबार १ जनाको शव फेला परेको हो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला पारेको हो।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १६:२३













