News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे

काठमाडौं—  अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ ब्रिजको एक भाग भत्किएको छ। अमेरिकी समयानुसार बिहान १:३० बजे उक्त घटना भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। पछि जहाज पानीमा डुबेको थियो। 

सिंगापुरको झण्डा बाहक सो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो। यसको नाम डाली हो। घटनामा परेका ७ जनाको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। 

Prabhu Bank

पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन्। पुलमा कति मानिस थिए र अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन।

मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ। जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस की पुल सन् १९७७ मा पताप्स्को नदीमा बनाइएको थियो। अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यसको नाम राखिएको हो।

जहाजका चालक दल सकुशल छन् भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

डाली जहाजको स्वामित्व रहेको कम्पनीले जहाजमा रहेका २ पाइलटसहित सम्पूर्ण चालक दलका सदस्य सकुशल रहेको जनाएको छ। उनीहरु घाइते भएका छैनन्। जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:३७
Weather Update