पाल्पामा १८ वर्षीया युवतीको हत्या

काठमाडौं— पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन्।
मंगलबार बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले धारिलो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० २०:२७













