ढोलाहिटी घटनाका मुख्य आरोपी दुई वर्षअघि जेलबाट छुटेका विजय राई!मंगलबार, चैत १३, २०८०

चोभारको बन्दरगाहमा चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साही मंगलबार, चैत १३, २०८० राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहन्छन्। सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास...

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु मंगलबार, चैत १३, २०८० कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २० दशमलव २५ क्विन्टल चामल पठाइएको छ। त्यस्तै अरुवा मोटो चामल पाँच सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल चार सय ३३ क्विन्टल, मकवानपुर चामल नौ सय १२ क्विन्टल, स्टिम जिरा चामल नौ सय...

गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदान पछि बाइडेन–नेतान्याहूबीच टकराव मंगलबार, चैत १३, २०८० पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बताएका छन्।

अमेरिकामा चिनियाँ ह्याकरलाई प्रतिबन्ध! मंगलबार, चैत १३, २०८० अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ।

सम्पर्कविहीन २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन मंगलबार, चैत १३, २०८० नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।
-1711080938.jpg)
वसन्त ऋतुमा हिमाल चढ्नेलाई अनुमति दिन थालियो मंगलबार, चैत १३, २०८० विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन्। जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन्। सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र आजदेखि अनुमति दिन सुरु गरिने...

नौमती बाजामा रमाउँदै आमाहरू मंगलबार, चैत १३, २०८० बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन्।हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्।

‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत गण्डकीमा ३३ सडक बन्दै मंगलबार, चैत १३, २०८० गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन्। ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

धार्मिक पर्यटकको आकर्षण बन्दै छिम्केश्वरी मंगलबार, चैत १३, २०८० आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो।पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृश्यले जोकोहीलाई मोहित बनाउँछ।

कालीगण्डकी कोरिडोर निर्माणले गति लिन थाल्यो मंगलबार, चैत १३, २०८० बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिए।

आईपीएल: पञ्जावमाथि बैंग्लोरको जित मंगलबार, चैत १३, २०८० इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाव किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।

आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना मंगलबार, चैत १३, २०८० नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी...









