News Griha :: न्यूजगृह
धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो।
१७ जना युवाले एकैपटक कर्णाली पुलमा हामफालेँ, एक जना बेपत्ता 
१७ जना युवाले एकैपटक कर्णाली पुलमा हामफालेँ, एक जना बेपत्ता  होली मनाएर रमाइलो गर्दै कर्णाली पुलमा हामफालेँका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन्।होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलमा फाल फालेका थिए। तीमध्ये एकजना भने बेपत्ता भएका हुन्।
ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सीडीओले थाले छलफल
ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सीडीओले थाले छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन्।
पशुसेवा केन्द्र सर्लाहीका तत्कालीन प्रमुख र वडा अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशुसेवा केन्द्र सर्लाहीका तत्कालीन प्रमुख र वडा अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवसहित ६ जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
शर्मिला बाइवालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश 
शर्मिला बाइवालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश  आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबासँग काठमाडौं जिल्ला अदालतले ३५ हजार रुपैयाँ धरौटी माग गरेको छ। कुटपिट तथा अङ्गभङ्ग र विद्युतीय कारोबारको फरक–फरक मुद्दामा जिल्ला अदालतले वाइबालाई धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको सोमबारको इजलासले बाइबाका दुवै मुद्दामाथि थुनछेक बहस सकेर धरौटीमा रिहा गर्ने आदेश...
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी...
दोस्रो बलमै करण केसीले लिए विकेट
दोस्रो बलमै करण केसीले लिए विकेट टी-२० अभ्यास खेलमा अहिले नेपाल र आयरल्यान्ड ए बीचको प्रतिस्पर्धा जारी छ। टस जितेर व्याटिङ रोजेको आयरल्याण्ड पहिलो ओभरमै एक विकट गुमाएको छ। नेपाली बलर करण केसीले पहिलो बलमा चार न दिएर दोस्रो बलमा ओपनर जर्ज रोस अदिरलाई आउट पारे। जारी खेलमा यो समाचार तयार पार्दासम्म तीन ओभर खेलेको आयरल्याण्डले...
यी हुन आज सार्वजनिक बिदा भएका २१ जिल्ला
यी हुन आज सार्वजनिक बिदा भएका २१ जिल्ला आज तराई मधेसका जिल्लामा रङहरूको पर्व होली मनाइँदैछ। हिजो पहाडी र हिमाली जिल्लामा मनाइएको होली आज तराई मधेसका २१ जिल्लामा धुमधामका साथ मनाइँदैछ। होलीको अवसरमा तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। आज होली मनाउने नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा,  मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही,...
अपडेट: ललितपुरको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ
अपडेट: ललितपुरको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ होली खेल्नेक्रममा भएको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार झडपलगत्तै परिचालित प्रहरीले घटनास्थल वरपर रहेका र घटनामा संलग्न भएको आशंका गरिएका १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुने
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुने मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो। अन्तिमअर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ। 
सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी जारी, गोताखोर परिचालन
सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी जारी, गोताखोर परिचालन सुनकोशी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी जारी छ। उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका होली खेलेर नुहाउनेक्रममा नदीमा डुबेका थिए। बालबालिका नदीमा बेपत्ता भएको खबर सुने लगत्तै खोजी कार्य जारी राखिएको छ। आइतबार साँझसम्म बेपत्ता बालबालिका फेला नपरेपछि सोमबार (आज)बिहानैदेखि गोताखोरसहितको टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका...
आईपीएल: मुम्बई ६ रनले पराजित
आईपीएल: मुम्बई ६ रनले पराजित इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो।गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो।मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३...
Weather Update