News Griha :: न्यूजगृह
बसन्तपुरको होली कार्यक्रममा रमाउने विदेशी पर्यटक र युवा
बसन्तपुरको होली कार्यक्रममा रमाउने विदेशी पर्यटक र युवा सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्। पर्यटकका पथप्रदर्शक राजन मिश्रले...
आज काठमाडौंमा वायुको पारदर्शिता पाँच किलोमिटर
आज काठमाडौंमा वायुको पारदर्शिता पाँच किलोमिटर अहिलेले काठमाडौंमा वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वायुको पारदर्शिता पाँच किलोमिटर रहेको छ।आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। मौसमविद्...
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्। ३५ वर्षअघिदेखि बदामको व्यापार थालेकी उनले अहिले पनि बदामको व्यापारमा उत्तिकै उत्साहित भएर काम...
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको...
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन्। अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत...
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्। फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका...
आज काठमाडौंमा कुन तरकारीको मूल्य कति ? [सूचीसहित]
आज काठमाडौंमा कुन तरकारीको मूल्य कति ? [सूचीसहित] कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेडाको मूल्य ३५ रुपैयाँ प्रतिकेजीदेखि ७० रुपैयाँसम्मको न्यूनतम मूल्य तोकेको छ। समितिका अनुसार सानो लोकल गोलभेडाको न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी छ। त्यस्तै सानो तथा ठूलो भारतीय गोलभेडाको मूल्य न्यूनतम ७० रुपैयाँ प्रतिकेजी छ।
आज ५६ जिल्लामा सार्वजनिक बिदा
आज ५६ जिल्लामा सार्वजनिक बिदा आज नेपालका ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ। होली पर्व मनाउन सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा दिएको हो। 
मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो
मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज राष्ट्रिय शोकको घोषणा पनि गरे। पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे।
दिल्ली क्यापिटल्स ४ विकेटले पराजित
दिल्ली क्यापिटल्स ४ विकेटले पराजित दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो।
आईपीएलमा चार रनले कोलकाताको रोमाञ्चक जित
आईपीएलमा चार रनले कोलकाताको रोमाञ्चक जित आईपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जित निकालेको छ। शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो। कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनाएको थियो। जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक्यो।
Weather Update