होलीमा ९ सय बढि ट्राफिक प्रहरी परिचालन, ९० स्थानमा चेकजाँचशनिबार, चैत १०, २०८०

आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना, पछिल्लो १२ घण्टामा कहाँ कति पर्यो पानी? शनिबार, चैत १०, २०८० लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ। काठमाडौंमा मध्यरातदेखि सुरु भएको वर्षा केहीबेर रोकिएर बिहानीपख पुनः सुरु भएको छ। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

क्यानडा पठाइदिने भन्दै नेपालमा बन्धक बनाइएका बङ्गलादेशीको उद्धार, ४ जना पक्राउ शनिबार, चैत १०, २०८० बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूलाई उद्धार गरेको हो। बन्धक बनाउने चार जनालाई पनि प्रहरीले छ।

थाइल्यान्डमा अलपत्र १३ नेपालीको उद्धार, स्वदेश फर्किए शनिबार, चैत १०, २०८० थाइल्यान्ड र म्यान्मारको सीमा नजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ।
-1711157834.jpg)
आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा शनिबार, चैत १०, २०८० रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ ।हमलाको...

आईपीएलमा चेन्नईको विजयी सुरूवात, बैङ्लोर ६ विकेटले पराजित शनिबार, चैत १०, २०८० आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरूवात गरेको छ। शुक्रबारको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई विजयी भएको हो।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही जिल्लामा वर्षा जारी शनिबार, चैत १०, २०८० नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ।जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले पनि कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेस प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

गम्भीर आरोप लागेपछि शीतलकृष्ण महाराजले मुख खोले, गृहस्थी चलाउन नसकेको भन्दै माफी मागे शुक्रबार, चैत ९, २०८० श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक ‘धर्मगुरु’ आचार्य श्री शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

कमेडी च्याम्पियनका प्रतियोगी चढेको कार टिपरसँग ठोक्कियो शुक्रबार, चैत ९, २०८० कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ।शुक्रबार बिहान साढे ३ बजे सूर्यविनायक नगरपालिका- १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो।

थुनामुक्त भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने शुक्रबार, चैत ९, २०८० ब्युरोका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए। स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका थिए।

महरा, मोर्चा र बाँसबारी शुक्रबार, चैत ९, २०८० आज दिनभरीमा केही महत्वपूर्ण निर्णय र छलफल भएका छन्। शीर्ष नेतृत्वबीच छलफल, सरकारी सम्पत्तिको सुरक्षा, रिहाई र राजनीतिक मोर्चाबन्दी जस्ता विषयले आज दिनभरी नै नेताहरूलाई व्यस्त राख्यो।

बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रुपको रहेन शुक्रबार, चैत ९, २०८० गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको रहेको ठहर्याएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले जानकारी दिए।

श्रीमानको हत्या गर्न प्रेमीलाई 'सुपारी', ४ जना पक्राउ शुक्रबार, चैत ९, २०८० कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका ३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसमेत ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।चैत १ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोट लागेको अवस्थामा रामबहादुरको शव भेटिएको थियो। अनुसन्धानपछि घटनामा...









