News Griha :: न्यूजगृह
बाँसबारी सरकारी जग्गा घोटला प्रकरणका आरोपित विनोद चौधरी श्रीलंका उडे 
बाँसबारी सरकारी जग्गा घोटला प्रकरणका आरोपित विनोद चौधरी श्रीलंका उडे  अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका गएका छन्।बिहीबार दिउँसो २ बजे श्रीलंकन एअरलाइन्सको जहाजबाट चौधरी श्रीलंका गएका हुन्।   आज बिहान मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सरकारी वकिल कार्यालयमा उनको बयान लिएको थियो ।
सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बु क्षेत्र सेताम्मे
सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बु क्षेत्र सेताम्मे बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ। 
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने र सद्भाव भड्काउनेलाई कारबाही गरिने
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने र सद्भाव भड्काउनेलाई कारबाही गरिने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन्। 
सूर्यदर्शन सहकारी पीडितको उजुरी संसदीय समितिमा, छैन रविको नाम, फरार १४ जनालाई पक्राउ गर्न माग
सूर्यदर्शन सहकारी पीडितको उजुरी संसदीय समितिमा, छैन रविको नाम, फरार १४ जनालाई पक्राउ गर्न माग पोखराको सूर्यदर्शन बचत तथा सहकारी संस्थाका पीडितले प्रतिनिधि सभा अन्तर्गतको सुशासन तथा राज्य व्यवस्था समितिमा उजुरी दर्ता गराएका छन्। आफ्नो बचत र निक्षेप पाउनुपर्ने मागसहित उजुरी दर्ता गरेका पीडितले प्रश्न गरेका छन्, ‘सिंगो देश, प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसम्मको टाउको दुखाइको विषय बनेका जीबी राई र सूर्यदर्शन सहकारीका अभियुक्त किन पक्राउ पर्दैनन्?’
पुस १ देखि चैत ८ सम्म कोशीमा मात्रै ४८८ आगलागीका घटना
पुस १ देखि चैत ८ सम्म कोशीमा मात्रै ४८८ आगलागीका घटना कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेको पोखरेलको भनाइ छ।स्थानीय जङ्गलमा पनि...
चूडामणि पौडेल सचिवमा बढुवा
चूडामणि पौडेल सचिवमा बढुवा सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ।आजको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन्।
अरनिको पाण्डे सहित चार जना योजना आयोगको सदस्य नियुक्त
अरनिको पाण्डे सहित चार जना योजना आयोगको सदस्य नियुक्त राष्ट्रिय योजना आयोगको सदस्यमा डा. अरनिको पाण्डे सहित चार जनालाई नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताइन्।
आगलागीमा घाइते भएका बाबुछोरीको मृत्यु
आगलागीमा घाइते भएका बाबुछोरीको मृत्यु कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको मृत्यु भएको छ। चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो
विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क घटाउन माग
विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क घटाउन माग अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए ।
जीर्ण बनेको देशकै पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै
जीर्ण बनेको देशकै पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै मर्मतसम्भारको अभावमा जीर्ण बनेको देशकै पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ।जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि दुई अर्ब आर्थिक सहयोग गरेपछि  मर्मतसम्भार सुरु भएको हो। चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण...
बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीको पनि लिइयो बयान
बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीको पनि लिइयो बयान बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआईबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरुणसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेसिडेन्सी प्रालि) का अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। 
विनोद चौधरी भन्छन्– बाँसबारीको जग्गा अनुसन्धान राजनीतिक स्टन्ट मात्र हो
विनोद चौधरी भन्छन्– बाँसबारीको जग्गा अनुसन्धान राजनीतिक स्टन्ट मात्र हो नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान ‘राजनीतिक स्टन्ट’ भएको बताएका छन्। उक्त जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती नभएको उनको भनाइ छ। बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर बयान...
Weather Update