News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीको पनि लिइयो बयान

काठमाडौं— बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बसन्त चौधरीसँग पनि बयान लिएको छ। 

सीआईबी स्रोतका अनुसार चौधरीसँग बुधबार नै बयान लिइएको हो।

Prabhu Bank

बसन्त चौधरीसँगको बयानपछि आज बिहान सीआईबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ। 

यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो। 

बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआईबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरुणसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदबाग रेसिडेन्सी प्रालि) का अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:३३
Weather Update