News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विनोद चौधरी भन्छन्– बाँसबारीको जग्गा अनुसन्धान राजनीतिक स्टन्ट मात्र हो
तस्बिर: सुमन नेपाली/हिमालखबर ।

काठमाडौं— नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान ‘राजनीतिक स्टन्ट’ भएको बताएका छन्। उक्त जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती नभएको उनको भनाइ छ। 

बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर बयान दिएका चौधरीले स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताए। 

Prabhu Bank

सीआईबीका अनुसन्धान अधिकृतहरुलाई बयान दिएर निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘ममाथि अनुसन्धानका बारेमा संसद्‌लाई जानकारी गराएको पत्र जुनरुपले सञ्चारमाध्यममा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको छ। हालाकि मैले यो विषयमा प्रश्न उठ्ने वित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ।’

आफूलाई सीआईबीमा बयान दिन आउन भनेर मौखिक रुपमा जानकारी गराइएको चौधरीको भनाइ छ। ‘मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो। म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ,’ चौधरीले भने। 

४२ वर्ष अगाडिको बाँसबारी जस्तो अनकन्टार ठाउँमा कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ ‘सार्वजनिक–निजी साझेदारी’को उत्कृष्ट अभ्यास सुरु गरिएकोमा त्यसलाई राजनीतिकरण गरिएको चौधरीको भनाइ छ।  

‘४२ वर्ष अगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नवीनतम् सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ,’ चौधरीले भने। 

चौधरी ग्रुपले १० रोपनी जग्गामा कृदृष्टठ राख्छ भन्ने सोच्नु विकृत मानसिकताको उपज बाहेक केही नभएको चौधरीको भनाइ छ। ‘हजारौं रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले, मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रुपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही होइन,’ चौधरीले भने। 

बाँसबारी छाला जुत्ता उद्योगको जग्गाको मुद्दामा अहिले  उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गर्ने खोजेको प्रस्ट देखिएको चौधरीले उल्लेख गरे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:३३
Weather Update