News Griha :: न्यूजगृह
चूडामणि पौडेल सचिवमा बढुवा

काठमाडौं— सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन्।

उनले भनिन्,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ।’

त्यस्तै बैठकले अरनिको पाण्डेसहित चार जना योजना आयोगको सदस्य नियुक्त गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१७
Weather Update