अरनिको पाण्डे सहित चार जना योजना आयोगको सदस्य नियुक्त

काठमाडौं— राष्ट्रिय योजना आयोगको सदस्यमा डा. अरनिको पाण्डे सहित चार जनालाई नियुक्त गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताइन्।
नयाँ गठबन्धन बनेसँगै योजना आयोगका चार सदस्यले राजीनामा दिएका थिए।
उनीहरूका स्थानमा काठमाडौंका संगीता सिंह, जुम्लाका डा. कुशेन्द्र बहादुर महत, पाल्पाका प्राध्यापक शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई नियुक्त गरिएको हो।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० १२:०६













