काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षाबिहीबार, चैत ८, २०८०

घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव, घटनास्थल नजिकबाट खुकुरी पनि बरामद बुधबार, चैत ७, २०८० धरान उपमहानगरपालिका- १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ। घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्न गृहमन्त्री लामिछानेको निर्देशन बुधबार, चैत ७, २०८० उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन...

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु बुधबार, चैत ७, २०८० पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरिएको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो। पहिलो मात्रा खोप लगाएका ९ हजार ९९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...

काठमाडौं उपत्यकासहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा बुधबार, चैत ७, २०८० देशका धेरै भूभागमा आज वर्षा भएको छ। बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४.६...

नेपालीलाई जुवा खेलाउने सीएमजी क्यासिनोका तीन कर्मचारीसहित ४ पक्राउ बुधबार, चैत ७, २०८० वीरगञ्जको सीएमजी क्लब क्यासिनोबाट चार नेपाली नागरिक पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका–१५ भिश्वा होटलको सीएमजी क्लब क्यासिनोबाट चार नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु बुधबार, चैत ७, २०८० पाँचथरमा चट्याङ लागेर एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति मृत्यु भएको हो। गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता बुधबार, चैत ७, २०८० जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराको छ। सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो। कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।

अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति बुधबार, चैत ७, २०८० सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का रामकुमार धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...

दासढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किए, एकको मृत्यु बुधबार, चैत ७, २०८० मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २९ का ३२ वर्षीय सोमलाल लामा छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह बुधबार, चैत ७, २०८० मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बुधबारदेखि तीन सातासम्म बन्द हुने भएको छ। राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउने लगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७...
-1708922853.jpg)
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क बुधबार, चैत ७, २०८० गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना...

बेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण बुधबार, चैत ७, २०८० गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।









