नेपालीलाई जुवा खेलाउने सीएमजी क्यासिनोका तीन कर्मचारीसहित ४ पक्राउ

काठमाडौं— वीरगञ्जको सीएमजी क्लब क्यासिनोबाट चार नेपाली नागरिक पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–१५ भिश्वा होटलको सीएमजी क्लब क्यासिनोबाट चार नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–१५ का ३२ वर्षीय प्रताप लामा (सीएमजी क्लबको सेक्युरिटी गार्ड), सर्लाहीको बरहथवा नगरपालिका–११ का ३४ वर्षीय उमेश कार्की (सीएमजी क्लबकै मार्केटिङ म्यानेजर), वीरगञ्ज–१६ का ३४ वर्षीय पप्पु सिंह (सीएमजी क्लबको मनिटर) र वीरगञ्ज–८ का ४० वर्षीय सुरजकुमार कलवार छन् ।
होटलको क्यासिनोमा नेपालीहरुलाई छिराउँदै अनधिकृत रुपमा जुवा खेलाउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८० १५:०९













