बाइडेन र ट्रम्पले जिते प्राइमरी इलेक्सनबुधबार, चैत ७, २०८०

काठमाडौं उपत्यकामा पानी पर्न थाल्यो बुधबार, चैत ७, २०८० काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ। अहिले ललितपुरको इमाडोल, ग्वार्को, सातदोबाटो, हरिसिद्धिलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाका बाँकी क्षेत्रमा पनि बिहानैदेखि धुम्म भएको छ। आकाश खुलेको छैन भने बिहानै चिसो महसुस भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। ...
-1710652072.jpg)
होलीमा जबरजस्ती रङ दल्ने र इच्छा विपरीत लोला हान्नेलाई कारबाही बुधबार, चैत ७, २०८० काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन्।

खेलकुद मन्त्री भन्छन्— अवसर र चुनौती सँगै आउने रहेछन्, नीतिभित्र बसेर काम गर्छु बुधबार, चैत ७, २०८० खेलकुद मन्त्रीले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन। तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ। यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु।’

ताप्लेजुङको मेरिङदेनमा आगलागी बुधबार, चैत ७, २०८० ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

इलाम–२ मा कांग्रेसले सिफारिस गर्यो सात उम्मेदवारको नाम बुधबार, चैत ७, २०८० क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो।सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा...

कोशी, मधेस प्रदेशका केही जिल्लामा हल्का वर्ष बुधबार, चैत ७, २०८०

रुखबाट लडेर वडा सदस्यको मृत्यु, बुधबार नगरपालिकामा शोक बिदा मंगलबार, चैत ६, २०८० धादिङ नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

प्रसाईँका बडीगार्डबाट हतियार बरामदपछि गृह मन्त्रालय 'सतर्क' मंगलबार, चैत ६, २०८० राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ।सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरूका साथमा हतियार...

ई–७ भिसाबारे बजारमा चलेको हल्ला साँचो हो?, के भन्छन् श्रममन्त्री? मंगलबार, चैत ६, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने स्पष्ट पारेका छन्।अघिल्लो सरकारले जारी गरेको उक्त कार्यविधि अध्ययन, मूल्यांकन नगरी कार्यान्वयन नगर्न मन्त्रालयमा कार्यदल बनाएको भन्दै मंगलबार मन्त्री अर्यालले कोरिया सरकारसँग कुनै सम्झौता नभएको प्रष्ट पारे।
सरकारी सेवा तोकिएकै समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागु गरिने मंगलबार, चैत ६, २०८० सरकारी सेवाहरु तोकिएकै समयमा उपलब्ध गराउन सरकारले ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने भएको छ। सत्तारुढ ५ दलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सरकारी सेवा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने प्रतिबद्धता जनाइएको छ।मंगलबार सार्वजनिक भएको साझा संकल्पमा फरक–फरक सरकारी कार्यालयमा नागरिकता लगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाइने...

ठूलो कारोबार गर्ने सहकारीलाई केही समयका लागि राष्ट्र बैंकले नियमन गर्ने मंगलबार, चैत ६, २०८० ‘वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने’ भन्ने शीर्षक दिइएको अनुच्छेदमा ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमनमा ल्याउने पनि भनएको छ। ‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो...

राँगा काट्ने बधशालामा साथीको हत्या गरेर भारत भागेका तिखे २१ वर्षपछि पक्राउ मंगलबार, चैत ६, २०८० प्रहरीका अनुसार २१ वर्ष अगाडि (२०५९ असोज १४ गते) संजय र तिखे सहितले सँगै मादक पदार्थ सेवन गरेका थिए। मापसे गरेपछि उनीहरु काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलस्थित विनोद शाहीले सञ्चालन गरेको राँगा काट्ने बधशालामा पुगेका थिए। मापसे गरेर मात्तिएका उनीहरुबीच बधशालामा विवाद भयो।









