रुखबाट लडेर वडा सदस्यको मृत्यु, बुधबार नगरपालिकामा शोक बिदा

काठमाडौं— धादिङ नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ।
दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।
रुखबाट लड्ने बित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटो मै तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित थिए।
वडा सदस्यको मृत्यु भएको शोकमा नीलकण्ठ नगरपालिकाले भोलि बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ।
नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० २२:४१













