ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ— ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्।
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्।
जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८० ०६:५७













