News Griha :: न्यूजगृह
२ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो
२ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ। बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट १ थान पेस्तोल, गोली ६ राउन्ड,...
काठमाडौंको शंखमुलमा टेम्पो पल्टियो, बालकसहित ३ जना घाइते
काठमाडौंको शंखमुलमा टेम्पो पल्टियो, बालकसहित ३ जना घाइते काठमाडौंको शंखमुलमा टेम्पो दुर्घटना भएको छ। शंखमुलको ओरालोमा टेम्पो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेमा १ जना बालक समेत छन्। चाबहिल–शंखमुल रुटमा चल्ने बा १ ह ३८७७ नम्बरको टेम्पो शंखमुलको ओरालोमा पल्टिएको हो। बानेश्वरबाट शंखमुलतर्फ गइरहेको अवस्थामा टेम्पो पल्टिएको प्रहरीले जनाएको छ। 
११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]
११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित] गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।सङ्खुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, धनुषामा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल, ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।
५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका भुम्लुबासीको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका भुम्लुबासीको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता प्रतिनिधिसभाका जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नम्बर ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए ।
बागलुङ दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
बागलुङ दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो। पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो’, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए। 
महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन!
महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन! सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान लिन प्रहरीलाई सकस परेको छ। स्वास्थ्यमा समस्या देखिएको भन्दै अदालतबाटै अनुमति लिएर नर्भिक अस्पताल भर्ना भएका महरा प्रहरीले बयान लिँदा बोल्न मान्दैनन्। बोलेको पनि बुझ्न नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका १ जना अधिकारीले न्यूजगृहलाई जानकारी दिए। 
गृहमन्त्री रवि बारे ओलीले भने— आफूतिर नलागेपछि कांग्रेसले बदनाम गराउँदैछ
गृहमन्त्री रवि बारे ओलीले भने— आफूतिर नलागेपछि कांग्रेसले बदनाम गराउँदैछ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कांग्रेसले लगाएको आरोपको कुनै प्रमाण नभएको बताए। उनले भने, ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु...
सहकार्यका लागि मिलेर आउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको सुझाव
सहकार्यका लागि मिलेर आउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको सुझाव विभाजित तीनवटै समूहका नेताहरुलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न दवाव दिएका छन्। श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुँदा नेपालको विकास र समृद्धिमा असर परेको साथै प्रवासी नेपालीहरुको मुद्दा ओझेल परेकाले मिलेर अघि बढ्न भनेका छन्। 
बागलुङ दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह
बागलुङ दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका छन्। दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 
प्रचण्डलाई प्रश्न— तपाईंको प्रधानमन्त्रीको कुर्सी कति बलियो छ?
प्रचण्डलाई प्रश्न— तपाईंको प्रधानमन्त्रीको कुर्सी कति बलियो छ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन काम गर्नका लागि सुविधा सम्पन्न भएको बताएका छन्। आफू निरिह भएर बस्न नसक्ने स्वभावको भएकाले कांग्रेससँगको गठबन्धनमा निरिह महसुस गर्दै गठबन्धन फेरेको प्रतिक्रिया दिएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा कुराकानी गर्दै वर्तमान गठबन्धनबाट जनमुखी काम गर्न सहजता भएको बताए। उनलाई सोधिएको थियो, तपाईंको...
पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द
पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे।यसको पछाडि विशेष कारण थियो। देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो। उनको बुझाई सही साबित पनि हुन्थ्यो। पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए।आफ्ना...
Weather Update