News Griha :: न्यूजगृह
धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा दिए निवेदन
धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा दिए निवेदन धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमा कल गर्दै १ जना व्यक्तिले हमाललाई ज्यान मार्ने धम्की दिएको उनको सचिवालयले जानकारी दिएको छ। ज्यान मार्ने धम्की दिने व्यक्ति राना थरका रहेका बताइएको छ। हमाललाई आइतबार राति त्यस्तो धम्की आएको बताइएको छ।  
लम्जुङका सीडीओलाई दुई महिनामै फिर्ता बोलाइयो 
लम्जुङका सीडीओलाई दुई महिनामै फिर्ता बोलाइयो  गृह मन्त्रालयबाट लम्जुङको सीडीओ भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।
दाङमा जीप पल्टिँदा एकको मृत्यु
दाङमा जीप पल्टिँदा एकको मृत्यु पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा सोमबार बिहान ११ः३० बजे मृत्यु भएको हो।
सुन तस्करीबारे महराको बयान: चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रुपमा चिन्दछु
सुन तस्करीबारे महराको बयान: चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रुपमा चिन्दछु चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा हुने सुन तस्करीमा महराको नाम पहिले नै सार्वजनिक भएको थियो। १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको सुन छुटाउन महाराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलाई फोन नै गरेका थिए। यस्तै, महराका छोरा राहुल महरा...
चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग
चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग प्रतिनिधि सभाको आजको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न...
मन्त्री बस्नेत भन्छन्— जलवायु जोखिम न्यूनीकरण गर्न स्रोतको अभाव छ 
मन्त्री बस्नेत भन्छन्— जलवायु जोखिम न्यूनीकरण गर्न स्रोतको अभाव छ  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताएका छन्।सोमबार ललितपुरमा आयोजित आकाशे पानी सम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्दै उनले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतिका रुपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औंल्याए।
जैविक विषादीको प्रयोग फाइदाजनक: मन्त्री साह
जैविक विषादीको प्रयोग फाइदाजनक: मन्त्री साह कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले जैविक विषादीहरुले परम्परागत रासायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन्। सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण...
महरालाई सीआईबी कार्यालय लगियो
महरालाई सीआईबी कार्यालय लगियो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ।कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले भैरहवा विमानस्थल लगेको थियो। भैरहवाबाट महरालाई जहाजमार्फत काठमाडौं ल्याइएको हो। महरालाई काठमाडौं विमानस्थल हुँदै लाजिम्पाटस्थित सीआईबी कार्यालय लगिएको हो।
कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो
कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। सुन तस्करी प्रकरणसँग जोडिएका महरालाई प्रहरीले आज (सोमबार) कपिलवस्तु–रुपन्देहीबाट पक्राउ गरिएको थियो। उनलाई भैरहवा विमानस्थलबाट जहाजमार्फत् काठमाडौं ल्याइएको हो। 
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणसँग जोडिएका महरा आज (सोमबार) पक्राउ परेका हुन्। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
म्याग्दीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु
म्याग्दीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले...
आगलागीपछि बन्द भएको कर्णाली पुल खुल्यो
आगलागीपछि बन्द भएको कर्णाली पुल खुल्यो आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो। नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न  कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ।’
Weather Update