लम्जुङका सीडीओलाई दुई महिनामै फिर्ता बोलाइयो

काठमाडौं— गृह मन्त्रालयबाट लम्जुङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।
मन्त्रालयमा सूचना अधिकारीका रुपमा कार्यरत रहेका अधिकारी गत पुस २५ मा लम्जुङ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए।
उनलाई किन तानियो भन्ने विषयमा हालसम्म मन्त्रालयले कुनै कारण खुलाएको छैन।
हेर्नुहोस् पुस २५ मा भएको सरुवा सूची

प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १५:१५













