News Griha :: न्यूजगृह
मन्त्री बस्नेत भन्छन्— जलवायु जोखिम न्यूनीकरण गर्न स्रोतको अभाव छ 

काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित आकाशे पानी सम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्दै उनले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतिका रुपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औंल्याए।
 
मन्त्री बस्नेतले वर्षाको पानी भण्डारण गरेर पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्न सहज हुने बताए ।

‘मन्त्रालयमार्फत मैले नवीन प्रविधि, सहयोगी साझेदारी र प्रभावकारी नीतिहरूको सकारात्मक भूमिकालाई मान्यता दिएको छु। हाम्रो प्राथमिकता भनेको वर्षाको पानी संकलन गर्ने, पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्ने हो,’ उनले भने। 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:३६
Weather Update