News Griha :: न्यूजगृह
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष  तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। 

सुन तस्करी प्रकरणसँग जोडिएका महरा आज (सोमबार) पक्राउ परेका हुन्। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

Prabhu Bank

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। महरालाई विमानमार्फत् काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ।  

जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्नुपर्ने भन्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘अनुमति’ लिएका थिए। जाँचबुझ आयोगले प्रतिवेदन बुझाएकै दिन, गत बुधबार प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री लामिछानेले महराको विषयमा कुराकानी गरेका थिए। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोगले गरेअनुसार नै दोषी देखिएका सबैलाई कानुनी दायरमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए।  

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदनअनुसार सुन तस्करी प्रकरणको पुन: अनुसन्धान गर्न र दोषी देखिएकालाई कानुनी दायरमा ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:५०
Weather Update