News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्। 

Prabhu Bank

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ।

लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्। 

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। 

उनका छोरा राहुल विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:०३
Weather Update