News Griha :: न्यूजगृह
डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो। नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र...
अपडेट: निसीखोला दुर्घटनामा सवारी धनी, चालकसहित मृत्यु भएका ९ जनाकै परिचय खुल्यो
अपडेट: निसीखोला दुर्घटनामा सवारी धनी, चालकसहित मृत्यु भएका ९ जनाकै परिचय खुल्यो दुर्घटनामा परी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम मुसिकोटका २७ वर्षीय विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टीका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ।
सत्ता साझेदार दलको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै
सत्ता साझेदार दलको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम  सार्वजनिक गर्ने कार्यक्रम छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने बिहान ११ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका सवालको जवाफ दिने कार्यसूची तय भएको छ। प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन्। नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिसहित सांसदका सवालको जवाफ दिनुपर्ने माग राखिरहेका छन्। 
आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने
आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।आज कोशी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागलुङ बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर [अपडेट]
बागलुङ बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर [अपडेट] बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। ७ जनाको घटनास्थलमा र २ जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ३ जना पुरुष छन्। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकका अनुसार मृतकको सनाखत हुन सकेको छैन।
‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध धेरैजना स्त्रीसँग सम्बन्ध राखेको आरोप [भिडिओसहित]
‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध धेरैजना स्त्रीसँग सम्बन्ध राखेको आरोप [भिडिओसहित] ‘हिन्दु धर्मगुरु’ भनेर चिनिएका भागवत कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’ की पत्नी सुकृति पौडेल यतिबेला आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएकी छन्।
‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त
‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त हिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ। चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक स्रोतले बतायो। 
रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु
रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते छन्।इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ।
अस्पताल भर्ना भए महरा, भएको के हो?
अस्पताल भर्ना भए महरा, भएको के हो? नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो।संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागूहुने गरी उनलाई न्यायाधीश...
पक्राउ परेसँगै बिरामी भए महरा, हिरासत अवधिभर अस्पतालमा बस्न पाउने
पक्राउ परेसँगै बिरामी भए महरा, हिरासत अवधिभर अस्पतालमा बस्न पाउने सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन्। सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो।
उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता
उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० वटा राजनीतिक दल दर्ता भएका छन्। यस्तै, बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा १९ दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।
Weather Update