News Griha :: न्यूजगृह
पक्राउ परेसँगै बिरामी भए महरा, हिरासत अवधिभर अस्पतालमा बस्न पाउने

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन्।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको तर कुन अस्पताल राख्ने भन्ने टुंगो भइनसकेको बताए।

यसअघि बलात्कार प्रयास घटनामा पक्राउ परेका महरा तीस दिन अस्पताल बसेका थिए। 

जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि पहिलो चरणमा ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:४६
Weather Update