News Griha :: न्यूजगृह
कथाकार प्रधानको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं— कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। प्रधानको राति आफ्नै निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए। 

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका गरेका थिए। 

उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन्।

स्वर्गीय प्रधानको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले राधामोहन मार्ग—२० मा राखिएको छ। ९ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राधामोहन मार्गमा राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छोरा प्रतीकले जानकारी दिएका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०७:४८
Weather Update