समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीलाई महानगरको अपिलसोमबार, चैत ५, २०८०

रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु सोमबार, चैत ५, २०८० युक्रेनले रुसमाथि आक्रमण गरेको छ। आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन्। तर, दमकलले केही समयपछि निभाएको थियो। रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएको हो। अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको...

दिनहुँजसो आगलागी हुँदा कोशी प्रदेशमा ५ जनाले ज्यान गुमाए सोमबार, चैत ५, २०८० केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए। आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन्। आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ। मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रुपमा आगलागीका घटना...

नर्स हत्यामा संलग्नको आशंका गरिएका प्रेमी मृत भेटिए सोमबार, चैत ५, २०८० तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन्।विराटनगर महानगरपालिका-४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ। सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको...

वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले सोमबार, चैत ५, २०८० तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन्। गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन्। दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए।...

रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ? सोमबार, चैत ५, २०८० रुसमा आम निर्वाचन सम्पन्न भएको छ। अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ। रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ। अहिलेको चुनावमा...

विश्वको सर्वोच्च शिखर नजिकैको मानवबस्ती गोरक्सेप सोमबार, चैत ५, २०८० विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुग्ने आकांक्षा धेरैको हुन्छ। साहसिक पर्यटकीय गतिविधिमा सहभागीको लक्ष्य एक पटक सर्वोच्च शिखर पुग्ने नै हुन्छ। विदेशी पर्यटक यसका लागि धेरै लालयित हुने गरेका छन्। विश्वको सर्वोच्च शिखरलाई चुम्न र त्यहाँको सुन्दरताको दृश्यावलोकनका लागि धेरैले ज्यानै गुमाएका पनि छन्। हुन पनि हेर्नका लागि मनमोहक दृश्य...

बैंग्लोरले जित्यो वुमन्स प्रिमियर लिग, फाइनलमा दिल्ली ८ विकेटले पराजित सोमबार, चैत ५, २०८० मन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ। आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो।

एफए कपमा म्यानचेस्टरको उपाधि सम्भावना कायमै, लिभरपुल ४—३ ले पराजित सोमबार, चैत ५, २०८० म्यानचेस्टर युनाइटेड जारी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले आफ्नो उपाधि सम्भावनालाई कायम राख्दै गएरातिको खेलमा लिभरपुललाई पराजित गर्यो।

मौसम: आज सफा, भोलि केही स्थानमा वर्षा सोमबार, चैत ५, २०८० हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

सुनसरीको बर्जू गाउँपालिकामा आगलागी, २७ घर जले आइतबार, चैत ४, २०८० स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ। अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन्।

तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट आइतबार, चैत ४, २०८० तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ। पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन्। आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

सुष्मा लामा हत्या आरोपित सार्वजनिक आइतबार, चैत ४, २०८० मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जङ्गलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।









