विश्वको सर्वोच्च शिखर नजिकैको मानवबस्ती गोरक्सेप

काठमाडौं— विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुग्ने आकांक्षा धेरैको हुन्छ। साहसिक पर्यटकीय गतिविधिमा सहभागीको लक्ष्य एक पटक सर्वोच्च शिखर पुग्ने नै हुन्छ।
विदेशी पर्यटक यसका लागि धेरै लालयित हुने गरेका छन्। विश्वको सर्वोच्च शिखरलाई चुम्न र त्यहाँको सुन्दरताको दृश्यावलोकनका लागि धेरैले ज्यानै गुमाएका पनि छन्।
हुन पनि हेर्नका लागि मनमोहक दृश्य हिमाल र विश्वलाई आफूभन्दा तल पारेर हेर्ने उत्कट चाहनाले ज्यानको बाजी थापेर सगरमाथाको यात्रामा तम्सने हुन्छन्। 
यही शिखर नजिकै गोरक्सेप बस्ती छ। जुन पाँच हजार १६४ मिटरको उचाईमा रहेको गोरक्सेप सगरमाथा आधार शिवर नजिकैको मानव बस्ती हो। यो कालापत्थरको काखमा छ।
बाहिरबाट हेर्दा अलौकिक सुन्दरताको धनी यो बस्ती त्यही दैनिकी गुजार्नेलाई कस्तो होला ?
तस्बिर: रासस
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० ०८:२९













