चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइतेआइतबार, चैत ४, २०८०

चन्दा र श्रमदानले बन्यो पदमार्ग आइतबार, चैत ४, २०८० स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ। पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले १५ लाख...

महानगर रोजगार मेलामा जागिर खोज्दै ४१ सय आवेदन, ५ सय रोजगारी आइतबार, चैत ४, २०८० आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन्। अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ। रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीईओ) सम्मको माग भएको छ।
-1709531189.jpg)
आइतबारको मौसम: कोशी र गण्डकीका केही स्थानमा हिमपातको सम्भावना आइतबार, चैत ४, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति आइतबार, चैत ४, २०८० मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ। मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र...
सरकारप्रति म आशावादी छु: मेयर बालेन शनिबार, चैत ३, २०८० ‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनु पर्ने छ रे!,’ बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु शनिबार, चैत ३, २०८० भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

मोरङको रंगेलीमा आगलागी, २२ घर जले शनिबार, चैत ३, २०८० मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेर नष्ट भएका छन्। सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरूको दमकल प्रयोग...

अझै नियन्त्रणमा आएन बस्तीमा सल्केको आगो शनिबार, चैत ३, २०८० भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ।आज दिउँसोबाट लागेको आगलागीले स्थानीयका घरसमेत जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको एक घर...

पशुपतिको जङ्गलमा आत्महत्या गरेकी सुस्मिताले लेखेकी थिइन् ‘सुसाइड नोट’ शनिबार, चैत ३, २०८० पशुपति क्षेत्रको जङ्गलमा आत्महत्या गरेको अवस्थामा भेटिएकी १९ वर्षीया सुस्मिता थापाले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ। प्रहरीले थापाको साथबाट सुसाइड नोट फेला परेको बतायो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलालीमा फेरि लाइटर बोकेको ट्रकमा आगलागी शनिबार, चैत ३, २०८० कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ।शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका-४ मुडामा वीरगञ्जबाट लाइटर, खोर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ गइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो।

भोजपुरमा जंगलको डढेलो बस्तीमा सल्कियो, ६ घर जले शनिबार, चैत ३, २०८० भोजपुर नगरपालिका–१२ टक्सारमा जंगलको डढेलो बस्तीमा पस्दा ६ घर जलेका छन्।डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेपनि आगो अझै फैलिइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार मालबाँसेको केही घरमा क्षति सँगै आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ।

रामेछापमा १२ घर जले, करिब २ करोडको क्षति शनिबार, चैत ३, २०८० रामेछाप नगरपालिका– ९ मा बिहीबार भएको आगलागीबाट एक करोड ८६ लाख ३१ बराबरको क्षति भएको छ। आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो।









