News Griha :: न्यूजगृह
शिवपुरी जङ्गलमा किशोरीको शव भेटिएको घटनामा एक युवक पक्राउ
शिवपुरी जङ्गलमा किशोरीको शव भेटिएको घटनामा एक युवक पक्राउ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जङ्गलमा मृत भेटिएकी सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २१ वर्षका रूपेन्द्र लामा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।१२ कक्षामा अध्ययनरत १८ वर्षीया...
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप, असारमा महाधिवेशन गर्न प्रस्ताव [सूचीसहित]
नेविसंघमा ४१ केन्द्रीय सदस्य थप, असारमा महाधिवेशन गर्न प्रस्ताव [सूचीसहित] कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
दैनिक ११ घण्टा लोडसेडिङले एसईईको तयारी गरिरहेका विद्यार्थीहरू मर्कामा 
दैनिक ११ घण्टा लोडसेडिङले एसईईको तयारी गरिरहेका विद्यार्थीहरू मर्कामा  विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन्। एसईई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ। यही चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु हुँदैछ। विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ। 
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति
सप्तरीको एक टेलर्समा आगलागी, ३० लाखको क्षति सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ। आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले बताए।
देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव छ। स्थानीय वायु सक्रिय रहँदा मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रह्को छ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  ...
सुन काण्डमा मुछिएका नुवाकोट प्रहरी प्रमुख थापालाई जिम्मेवारीबाट हटाइयो
सुन काण्डमा मुछिएका नुवाकोट प्रहरी प्रमुख थापालाई जिम्मेवारीबाट हटाइयो सुन काण्डमा मुछिएपछि नुवाकोट प्रहरी प्रमुख सञ्जयसिंह थापालाई प्रहरी प्रधान कार्यालय तानिएको छ।सुन काण्डको अनुसन्धानमा आरोपितलाई उन्मुक्ति दिन खोजेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अनुसार थापालाई हेडक्वार्टर तानिएको हो। थापा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रहँदा सुन काण्डको अनुसन्धान भएको थियो। 
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका दिपेश पक्राउ, जीबी कहिले?
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका दिपेश पक्राउ, जीबी कहिले? शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रूपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालयले पुनलाई जहाजमा रूपन्देही पठाएको हो। जीबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका छन्। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्।
सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका दिपेश पुनलाई किन लगियो रूपन्देही?
सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका दिपेश पुनलाई किन लगियो रूपन्देही? काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। रूपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो।
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटासहित ९ जना पक्राउ
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटासहित ९ जना पक्राउ माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन्।सदस्य डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी बिच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।
नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या
नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ।उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरुममा फेला परेको प्रहरीले जनाएको छ।
Weather Update