News Griha :: न्यूजगृह
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

काठमाडौं— राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन्।

सदस्य डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी बिच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

अनिता शाह ढुंगाना हाल अमेरिका भ्रमणमा छिन्।  उनले पनि उतैबाट राजिनामा दिएकी हुन्। 

सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:१२
Weather Update