News Griha :: न्यूजगृह
देशभर स्थानीय वायु सक्रिय, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव छ। स्थानीय वायु सक्रिय रहँदा मौसममा सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रह्को छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै रातको समयमा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०५:४७
Weather Update