News Griha :: न्यूजगृह
नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

काठमाडौं— मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। 

सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरुममा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:४५
Weather Update