सुन काण्डमा मुछिएका नुवाकोट प्रहरी प्रमुख थापालाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं— सुन काण्डमा मुछिएपछि नुवाकोट प्रहरी प्रमुख सञ्जयसिंह थापालाई प्रहरी प्रधान कार्यालय तानिएको छ।
सुन काण्डको अनुसन्धानमा आरोपितलाई उन्मुक्ति दिन खोजेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अनुसार थापालाई हेडक्वार्टर तानिएको हो। थापा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रहँदा सुन काण्डको अनुसन्धान भएको थियो।
उक्त अनुसन्धान त्रुटिपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्ष छ। आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको छ।
यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत डीएसपी द्वय रुगम बहादुर कुँवर र दुर्गा दाहाललाई पनि हेडक्वार्टर तानिएको छ।
उनीहरूलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० २२:२३













