सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं— सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो।
उक्त प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिइन्।
यो पनि पढ्नुहोस
भेप र ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीको नालिबेली
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० २०:३६













