News Griha :: न्यूजगृह
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटासहित ९ जना पक्राउ

काठमाडौं– प्रहरीले विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ गरेको छ।

माइतीघरलाई निषेधित क्षेत्र तोकिएको स्थानमा विरोध प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

माइतीघर क्षेत्रबाट पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत समेत रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

पक्राउ परेकाहरू सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:२४
Weather Update