बाँदर नियन्त्रण तालिम लिन नेपाली टोली भारत गयाेशुक्रबार, चैत २, २०८०

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त शुक्रबार, चैत २, २०८० प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन्। उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे। प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए। त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन्।

दुबई पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, चैत २, २०८० दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार...

आजको प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत हुने शुक्रबार, चैत २, २०८० प्रतिनिधिसभा बैठक आजलाई बोलाइएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।
-1709531189.jpg)
कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना शुक्रबार, चैत २, २०८० हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने उपमेयर र दुई वडाध्यक्ष पक्राउ बिहीबार, चैत १, २०८० सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।

रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु बिहीबार, चैत १, २०८० धनकुटा बजारबाट हिलेतिर प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन्। सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो। हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो।

कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण बिहीबार, चैत १, २०८० डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ।कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए।‘बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्धुरा अस्पताल जाँदैछु’, जोशीले भने। कुर्सी...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ बिहीबार, चैत १, २०८० सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीबार साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रविन्द्रराज पाण्डेले बताए।

बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा बिहीबार, चैत १, २०८० सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ। देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो। प्रदर्शनमा निस्केकाहरू कालिमाटी, गोंगवु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकलाई कारबाहीको...
उदयपुर जीप दुर्घटनाः मृतक ८ जनाकै सनाखत [अपडेट] बिहीबार, चैत १, २०८० मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२...
उदयपुर दुर्घटना: ८ जनाको मृत्यु, २ को सनाखत [अपडेट] बिहीबार, चैत १, २०८० उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको हो। ९ जना घाईते छन्। सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको गाडी बिहीबार सडकबाट अन्दाजी ३०० मिटर...

राप्रपा नेपालको प्रदर्शनमा प्रहरीले गर्यो लाठीचार्ज बिहीबार, चैत १, २०८० कमल थापा नेतृत्वको र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो। सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो। तर, र्याली दुई लेन मै अघि बढेपछि स्थिति असामान्य बनेको हो।









