मौसम पूर्वानुमान: लुम्बिनीमा हावाहुरी, यी तीन प्रदेशमा वर्षाबिहीबार, चैत १, २०८०

मन्त्री श्रेष्ठको सुझाव- ‘खेलकुदमा राजनीति नगर्नु, गर्नै मन भए चुनाव लड्नु’ बुधबार, फागुन ३०, २०८० नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन्।बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन्।

ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु, पहिलो दिनै ३०३ वटा सवारी चालकलाई कारबाही बुधबार, फागुन ३०, २०८० यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार, त्यस्तै, भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राईड सेयर गरेको विषयमा...
होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ बुधबार, फागुन ३०, २०८० आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ। आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत एकजना छात्रालाई दुर्व्यवहार गरेको भिडिओ सार्वजानिक भएको थियो।

शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा किशोरीको शव भेटियो बुधबार, फागुन ३०, २०८० काठमाडौंमा एक जना किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जङ्गलमा किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए।...

पीएनजीसँग नेपालको लज्जास्पद हार बुधबार, फागुन ३०, २०८० नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ।नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो।

चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट बुधबार, फागुन ३०, २०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।

रेडक्रसको विधान महाधिवेशन वैशाखमा बुधबार, फागुन ३०, २०८० नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन आगामी वैशाखमा हुने भएको छ। मिति भने टुंगो लागेको छैन। यही फागुन २७ देखि २९ गतेसम्म धुलिखेलमा बसेको सोसाइटीको केन्द्रीय समिति बैठकले विधान महाधिवेशन बैशाखमा गर्ने निणर्य गरेको हो। विधानमा आवश्यक संशोधनका लागि विभिन्न चरणमा छलफल गरी मस्यौदा तयार भइरहेको र महाधिवेशनबाट त्यसलाई पारित गरेर...

हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा बुधबार, फागुन ३०, २०८० हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन्। क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन्। विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भुभागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको...

पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा बुधबार, फागुन ३०, २०८० आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएका राष्ट्रपति जरदारीले यस्तो घोषणा गरेका हुन् । जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत...

अमेरिकामा राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने बुधबार, फागुन ३०, २०८० अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। डेमोक्याट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो।डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए। उक्त सबै...

शहरी योजना र पूर्वाधार विकासमा गोदावरी नगरपालिका उत्कृष्ट बुधबार, फागुन ३०, २०८० नेपाल नगरपालिका संघले शहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिका पुरस्कृत भएको छ। संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो। संघले अन्य ४ विधामा विभिन्न नगरपालिकालाई पनि पुरस्कृत गरेको छ।

आरती साह मृत्यु प्रकरण: सरकारसँगको सहमतिपछि ९ महिनादेखिको आन्दोलन स्थगित बुधबार, फागुन ३०, २०८० नौ महिनादेखि काठमाडौंमा आन्दोलनरत आरती साहका परिवार र सरकारबीच पाँच बुदे सहमति भएको छ। न्याय माग्दै आन्दोलनमा रहेका उनीहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता र न्यायका लागि पहल गर्ने आश्वासनपछि तत्काल आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन्। सरकार र पीडित पक्षबीच मंगलबार राति पाँच बुँदे सहमति भएको छ। जनकपुर...









