News Griha :: न्यूजगृह
दुबई पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं— दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 
तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए।

त्यसपछि उनी फरार भएका थिए ।

कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो।

उनलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:४९
Weather Update