News Griha :: न्यूजगृह
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने उपमेयर र दुई वडाध्यक्ष पक्राउ

काठमाडौं– डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडाध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

कार्यपालिका बैठकमै बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको थियो।

सोही घटनामा ठाडो निवेदन परेपछि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको कार्कीले बताए। पक्राउ परेका उनीहरू माओवादी केन्द्रबाट निर्वाचित हुन्। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:१८
Weather Update